जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिरोकिमीदेखि लेकसाइडहुँदै मुस्ताङचोकसम्मको सडकमा अस्फाल्ट प्रविधिको कालोपत्रे शुरु

जिरोकिमीदेखि लेकसाइडहुँदै मुस्ताङचोकसम्मको सडकमा अस्फाल्ट प्रविधिको कालोपत्रे शुरु अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग गरि जिरो किमीदेखि हल्लनचोक, शहिदचोकहुँदै मुस्ताङचोकसम्मको सडक कालोपत्रे हुनेभएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्वारा उद्घाटन गरि आजदेखि काम शुरु गरिएको हो , मन्त्री बस्नेतले गण्डकी प्रदेश अहिले समग्र विकासका योजनालाई अगाडी सार्दै अघि बढिरहेको बताए । आर्थिक समृद्धितर्फ जान यस्ता विकासका आयोजना अनिवार्य रहेको उनको भनाई थियो । कुनै पनि आयोजना गुणस्तरिय नभए अयोजना सम्पन्नको अर्थ नहुने भएकाले सबै जनता आफै सजग भएर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो । यदि कसैले गुणस्तरियता माथि खेलवाड गरेमा त्यस्ता व्यक्तिलाई आफूले नछाड्ने बताए ।त्यस्तै गण्डकी प्रदेशमा सांसद् राजिब पहारीले प्रदेशमा विकासको लहर ल्याएको बताए । विकासका योजनामा प्रदेश सरकार सधै जनताको साथमा रहेको समेत उनको जोड थियो । प्रदेशमा सडकमात्र नभई समग्रक्षेत्रको विकासतर्फ अग्रसर रहेको उनको दावी थियो ।९ करोड ७८ लाख १३ हजार ६ सय ६८ रुपैयाँमा बन्न लागेको यो कालोपत्रे सडकमा भौतिक पूर्वाधार विकास कार्यालय गण्डकीले खर्च गर्नेछ । इलाईट मोतिदान जेभिले पाएको निर्माणको जिम्मा आगामी पुष २५ गतेसम्म सक्नुपर्ने सहमति छ । करिब ५ किलोमिटर लम्बाई रहेको उक्त सडकमा ५ सेन्टीमिटरको मोटाईको कालोपत्रे हुनेछ ।