जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

“जागौं नेपाल अभियान”को पहिलो कार्यक्रम सम्पन्न

जागौं नेपाल अभियान को पहिलो कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय संयोजक दीपक आचार्यको अध्यक्षमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सुरुवातमा केन्द्रीय सह संयोजक शिवदाईले स्वागत तथा अभियानको बारेमा आफ्नो केही कुरा राख्नु भएको थियो । कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य सचिव ज्ञानु आचार्यले गर्नु भएको हो। कार्यक्रममा कास्की जिल्ला समिति गठन पनि भएको छ।

संयोजकमा नारायण हरी तिवारी , सह संयोजकमा स्मूती बराल र सचिवमा यम प्रसाद आचार्य सहितको समिति बनेको छ। कार्यक्रमको अन्त्यमा केन्द्रीय संयोजक दीपक आचार्यले मंसिर २४ ( अन्तर्राष्ट्रिय भष्ट्राचार दिवस)को दिन कार्यक्रम हुने र त्यस कार्यक्रम भब्य र सभ्यताको साथ मनाउने जानकारी दिदैं कार्यक्रम सम्पन्न गर्नु भएको थियो। आजको कार्यक्रममा ४९ जनाको सहभागिता रहेको थियो।