Home / समाचार / छोरेपाटन साँझमा १० हजार दर्शकको अपेक्षा

छोरेपाटन साँझमा १० हजार दर्शकको अपेक्षा

हिमलाल पौडेल/असोज ५
पोखरा ।


पोखरा छोरेपाटनमा रहेको डेविजफल क्लवको आयोजनामा कात्तिक २ गते हुने छोरेपाटन साझँका लागि आयोजकले दश हजार दर्शकले मनोरन्जन लिने अपेक्षा राखेको छ । “रमाईलो बेस्मरी रमाईलो” का साथ प्रथम छोेरेपाटन साँझ कार्तिक २ गते पोखरा १७ छोरेपाटन स्थीत तिव्वतियन शरणार्थी क्याम्प परिसरमा रहेको खेलमैदानमा हुने डेविजफल क्लवका अध्यक्ष पुष्प बरालले जानकारी दिए ।

डेविजफल क्लवले सन्चालन गरिरहेको एम्बुलेन्सलाई थप प्रभावकारी एवम सुबिधा युक्त बनाउन र फुटबल एकेडेमी व्यवस्थापन सहयोगार्थ उक्त साँझको आयोजना गर्न लागिएको साँझ उप समितिका सचिव विजय गुरुङ्खले जानकारी दिए ।साँझबाट ३० लाख रुपैँया कारोबार गर्ने लक्ष्य रहेको छ ।  उक्त कार्यक्रममा चर्चित व्याण्ड 1974A.D का साथमा अन्य कलाकारहरुको बिशेष प्रस्तुती रहने क्लवले जनाएको छ ।

About janmabhumi