जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चेपाङ समुदायमा न्यानो कपडा बितरण 

खिम बहादुर लामिछाने (काजि ) माघ १३ गते ।
चितवन जिल्लाको माडी वडा नं. ७, कुसुम खोला वरपर चितवन राष्ट्रिय बन्यजन्तु आरक्षणको क्षेत्रभित्र रुइ खोलाको तिरमा टहरा बनाइ अस्थायी बसोबास गरी बसेका ३० घरका लगभग १०० जना भन्दा बढी चेपाङ जनजातीलाई न्यानो लत्ता कपडाहरु बितरण गरियो छ । माडी वडा नं. ७ का अध्यक्ष तथा स्थानिय समाज सेवीहरुको उपस्थितीमा रेन्बो चिल्ड्रेन होम नेपालको नेत्रित्वमा उक्त सहयोग बितरण गरिएको थियो । कम्बल, ज्याकेट, ट्राउजर, सुइटर, मोजा, उनीका टोपी, कुर्ता-सुरवाल लगाएर थुप्रै न्यानो कपडाहरु बितरण गरिएको थियो । केही न्यानो कपडाहरु सन्कलन गर्ने कार्यमा मनिपाल कलेजका विद्यार्थीहरुको क्लब मनिपाल रोटोर्याक्टले गरेको जानकारी न्यानो राहत कार्यक्रमका सम्योजक खिम लामिछाने काजिले दिए । उक्त अबसरमा अध्यक्ष सापकोटाले घरबार बिहिन चेपाङ समुदायलाई सरकारके बसोबासको उचित ब्यबस्थाप गरिदिनु पर्ने बताए । रेन्बो चिल्ड्रेन होमको नेपालकी निर्देशक गोमा ढकालले कुसुम खोलाको वरपर बसोबास गर्ने चेपाङहरुलाई आज समेत गरेर सातौ पटकको सहयोग गरेको जानकारी दिइन ।  यस अघी बाडी आउँदा, जाडोको मौसममा, जङली हात्ती आतङ्क हुँदा हरेक पटक  बिभिन्न सघ-सस्थाहरु मिलेर न्यानो लत्ता कपडाहरु, चेपाङ समुदायका स्कुले विद्यार्थीको लागी स्टेसनरी तथा खेलकुदका सामाग्री बितरण गर्दै आइरहेको बताइन । लाइन्स क्ल्ब, मनिपाल रोटोर्याक्ट क्लब तथा अन्य सस्था र ब्यक्तीहरुसँग सहकार्य गरेर कुशुम खोलाका चेपाङ समुदायलाई पटक पटक सहयोग गर्न पाउदा आफु खुशी भएको बताइन । न्यानो राहत कार्यक्रम सम्योजक लामिछाने काजिले अती बित्पन्न, बेसाहारा र असली सुकुम्बासीलाई सहयोग गर्न पाउदा आफ्नो मनमा शान्ती हुने बताए । यस्तै राहतका कार्यक्रमहरु लिएर नेपालको धेरै भु-भागमा पुगियो तर घरबार बिहिन, भुमी बिहिन, अर्ध घुमन्ते जीवन ब्यतित गरी माडीको रुइ खोलाको किनारामा बसोबास गरिरहेका चेपाङहरु अवस्था साह्रै नै दयनिय छ । सरकारले उनीहरुको बसोबासको ब्यबस्था मिलाई उनीहरुलाई रोजगारीको अबसर प्रदान गर्ने सरकारको दायित्व हो भन्दै आगामी दिनमा पनि यस्तै राहतका कार्यक्रमहरु लिएर आउने कुरा बताए । स्थानिय चेपाङ समुदायका युवा छबी चेपाङले रुइ खोलामा बाडी आउँदा खोल बढेर बच्चाहरु स्कुल जान नसक्ने, जङली हात्तीले घर टहरा भत्काइ दिने हुनाले हररात डर र त्रासमा बाच्नु पर्ने । रोजगारीका अबसरहरु नमिले जस्ता अनेकै चेपाङ समुदायका समस्याहरु बताए ।