जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिल्ड्रेन नेपाल ले मनायो सडक बालबालिकासंगै अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

जन्मभुमि खबर ,मंसिर ७ पोखरा
“सुन्दर भविष्यको परिकल्पना बालबालिकालाई राखौं संधै प्राथमिकतामा” भन्ने मूल नाराका साथ चिल्ड्रेन नेपालको अन्नपूर्ण गाउँपालिका लेवाडे स्थित फुलबारी स्रोत केन्द्रमा रहेका सडक बालबालिकासंग अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो । कार्यक्रममा बालबालिकाहरुले भबिस्यमा आफू कस्तो ब्यक्ती हुने बिषयमा आफ्नो सुन्दर भबिस्य बारेमा बताएका थिए । त्यस्तै बालबालिकासंगै गित गाउने असल कथाहरु आदानप्रदान गर्ने जस्ता सिर्जनात्मक रमाइला गतिविधि गरेर मनाइएको उक्त दिवसका दिन बालबालिकाहरु ले नेपाली ढाका टोपी पनि लगाएका थिए ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले सरकारले सडकमा रहेका बालबालिकाहरुको पुनःस्थापन गर्ने अभियानमा संस्थाको साथ रहने कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाका बरिस्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बालबालिकाहरुलाई सुरक्षित र ब्याक्तित्व बिकासमा उनीहरुको शिक्षा ,स्वस्थ जस्ता संबेदनसिल बिषयमा सबै सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहने कुरामा जोड दिनु भएको थियो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन संस्थाका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेलको ६१ औं जन्म दिन समेत बालबालिका द्वारा सुस्वस्थ दिर्घायु र सफलताको कामना गर्दै मनाइएको थियो । बालबालिकाले आफू सुरक्षीत रूपमा यस केन्द्रमा बस्न पाएकोमा खुशी व्यक्त गर्दै सडकमा रहेका बालबालिकाको पुनःस्थापनको ब्यबस्था मिलाइ दिनु भएकोमा निर्देशक सहित चिल्ड्रेन नेपाल परिबारलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा केन्द्रको सुरक्षार्थ खटिनु भएका प्रहरी जवान प्रकाश बोहरा र पोखरा महानगरपालिकाका सुरक्षा कर्मी बलराम लामगादे लगायतले बालबालिकालाई सुन्दर भबिस्य बनाउन शुभकामना दिएका थिए। कार्यक्रमको सहजीकरण संस्थाका सह सयोजक रमेश सुबेदीले गरेका थिए ।