जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिल्ड्रेन नेपाल पोखराले गर्यो ४१ जना बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

जन्मभुमि खबर,पोखरा । पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित पुर्णेश्वोर बिद्यालयमा शैक्षिक समाग्री बितरण गरिएको छ।
चिल्ड्रेन नेपाल पोखराले बिद्यालयमा अध्ययनरत ४१ जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
बिद्यालयमा शनिबार आयोजित विद्यालयको ६० औं बार्सिकोत्सब कार्यक्रममा प्रमुख अतिथी जुना देबि नेपाली संस्थाका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा र सहायक सयोजक महेन्द्र पौडेलले सयुक्त रूपमा बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक जुत्ता मोजा हस्तारण गरे । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै रामचन्द्र पौडेलले सामुदायिक बिद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि सबैले सहयोग आवश्यक रहेको बताउँदै बिद्यालय छाड्ने बिद्यार्थीलाई बिद्यालयमा टिकाउन शैक्षिक सामाग्री सहयोगले महत्वपुर्ण योगदान पुरयाउने धारणा राखे । संस्थाको सहयोगको उच्च प्रसंशा गर्दै जुना देबि नेपालीले संस्थाले बिपन्न बालबालिकाको उच्च शिक्षामा पुर्याएको योगदान अमुल्य रहेको कुरा बताइन् । उक्त कार्यक्रममा विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष , प्र अ लगायतले बालबालिकाको पठनपाठनमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए भने आगामी दिनमा पनि निरंतरताको अपेक्षा गरेका थिए ।