जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिल्ड्रेन नेपालको कास्की अन्नपूर्ण गाउँपालिका १ लेवाडे फुलबारी स्रोत केन्द्रमा रहेका बालबालिकाहरु लाई जाडोका लुगाहरु बितरण

चिल्ड्रेन नेपाल ले  कास्की अन्नपूर्ण गाउँपालिका वडा न १ लेवाडे स्थित फुलबारी स्रोत केन्द्रमा रहेका बालबालिकाहरु लाई जाडोका लुगाहरु बितरण गरिएको थियो। चिल्ड्रेन नेपालका अध्यक्ष भिमलाल गुरुङले जाडोको समयमा बालबालिकाहरुलाई न्यानो को लागी ज्याकेटका्े ब्यबस्था गर्नु भएको थियो । उक्त ज्याकेटहरु अध्यक्ष भिमलाल गुरुङ्ग, कोषाध्यक्ष शान्त पौडेल र सस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सयुक्त रुपमा १० जनाबालबालिकालाई बितरण गर्नु भएको थियो । साथमा बालबालिकाहरुसगं छलफल अन्तरक्रिया समेत गर्नुभएको थियो । सस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।