जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितुवाको आक्रमणबाट  डेढ वर्षीय बालकको मृत्यु

पोखरा –

 तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति चितुवाको आक्रमणबाट  डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।