जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चाडपर्व मनाउनका लागि सरकारले मापदण्ड सार्वजनिक गर्दै

पोखरा ।                                                                              नेपाल सरकारले कोरोना माहामारीका कारण यसको वर्षको दशै तिहार लगायतका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने जनाएको छ ।

यश वर्ष को दशैं  तिहार तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरेको छ  । स्वास्थ्य  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ।यो समय कोरानाको जोखिम बढी भएको हुँदा  घरपरिवारका व्यक्तिबाहेक  अन्य  व्यक्ति भेला  भएका ठाउँमा सहभागि नहुन समेत आग्रह गरिएको छ ।