जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चाईना पुलबाट खसेका युवाको मृत्युु ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार अन्दाजी २१ बर्षीय युवकलाई सेतीको खोंचमा घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई विहानै अर्धचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
युवकको हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले  जनाएको छ।