जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चट्याङले लागेेर दुई जना घाइते

बाग्लुङ ।                                                                                 बाग्लुङको जैमिनी नगरपालिका २ दमेकमा चट्याङ लागेर दुई जना घाइते भएका छन्  । बिहान ९ बजेतिर बर्षासंगै परेको चट्याङले सुन्तलाचौर निवासी अन्दाजी ३८ बर्षिय तिलचना बहिक र अन्दाजी ५० बर्षिय लालमती बिक घाइते हुनुभएको दमेक स्वास्थ्य चौकीका प्रमुख हेम कमल केसिले जानकारी दिएका छन्। चट्याङले दमेक स्वास्थ्य चौकीको पुरानो भवन समेत पुर्ण क्षति भएको केसिले बताए । घाइतेहरुको स्वास्थ्य चौकीमा उपचार भैरहेको उनले बताए । घटनाको  बारेमा बुद्यन घटना स्थलमा प्रहरी चौकी कुस्मिसेराबाट प्रहरी  गरेकाा छन्।  क्षतिको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया