जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्युत प्राधिकरण आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज घुससहित पक्राउ

जन्मभुमि खबर ,तनहुँ — नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आलेमगर घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार ५ हजार घूस रकमसहित कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको आयोगका सूचना अधिकृत मेघनाथ रिजालले बताए ।

सोमबार एउटा गाडीले ठक्कर दिएर आँबुखैरेनीस्थित सडक छेउको एउटा बिजुलीको पोल ढलाएको रहेछ’, अधिकृत रिजालले भने, ‘त्यही पोल मर्मतपश्चात् बिलबाहेक अतिरिक्त रकम मगरले मागेका रहेछन् । गाडीवालाले धेरै दिन नसक्ने भन्दै ५ हजार रुपैयाँ दिँदै गरेको अवस्थामा उनी समातिएका हुन् ।’मगरलाई हाल नियन्त्रणमा लिई एक महिनाभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा जाहेर गर्ने उनले बताएका छन् ।