जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घरवासलाई उत्पादनसंग जोड्नु पर्छ–उपसभामुख शर्मा

हरि बास्तोला पोखरा, १३ माघ ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले घरबासलाई उत्पादनसंग जोडन सके ग्रामीण क्षेत्रको समृद्धि र विकास संभव हुने बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. २३ स्थित घाँटीछिना वराङ र पञ्चासे सामुदायिक होमस्टेको उद्घाटन तथा पर्यटन बर्ष २०२० सफल पार्न होमस्टेको भूमिका बिषयक अन्तरक्रियामा उहाँले उत्पादनसंग घरवास जोडन सकेमा ग्रामीण जनताको आयआर्जन संगसंगै बढाउन सकिने बताउनुभयो ।
घरवासको प्रवद्र्धन र विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले यसका लागि पूर्वाधार विकास लगायतका काममा अनुदान समेत दिइरहेको बताउनुभयो ।


पर्यटकले स्थानीयबाट राम्रो आतिथ्यता एवम् स्वस्थ प्राङगारिक उत्पादन खान चाहने बताउँदै उहाँले त्यस कुरालाई लक्षित गरि स्थानीयलाई आवश्यक तालीम दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घरवास कार्यक्रमलाई सहयोग गर्ने विभिन्न संघसंस्था एवम् व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
स्थानीय सकृयतामा अघिल्लो बर्ष बैशाखदेखि उक्त स्थानमा घरवास कार्यक्रम सञ्चालन हुँदै आएको होम स्टेका अध्यक्ष धर्मराज बरालले जानकारी दिनुभयो ।
रमणीय हिमाली दृष्य होमस्टेबाट अवलोकन गर्न सकिने बताउँदै उहाँले यहाँका प्रकृति, र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने प्रयास भई रहेको बताउनुभयो ।
यस क्षेत्रका १९ वटा घरमा करीव ८० जना पर्यटक राख्न सक्ने गरि होमस्टे सञ्चालन गरिएको कार्यक्रम संयोजक दानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
समुन्द्री सतहबाट एक हजार एक सय मिटर उचाईमा रहेको सो स्थान पोखराको पर्यटकीय क्षेत्र लेकसाईडबाट लगभग १५ किलोमिटरको दुरीमा रहेको छ ।