Home / खेलकुद / गोजु रियो कराते सेमिनार सम्पन्न ।

गोजु रियो कराते सेमिनार सम्पन्न ।

पोखरा,जेष्ठ  २।

राष्ट्रको लागि खेेलकुद स्वास्थ्यको लागि खेेलकुद भन्ने नाराका साथ २ दिने कराते खेेल सम्बन्धि सेमिनार पोखरा रङ्गशाालाको हलमा सुरु भएको छ।

जापान गोजुरियो कराते डो.मिसन संघ,नेपालको आयोजना तथा जापान गोजु रियो कराते डो.मिसन संघ,कास्कीको सहकार्यमा कार्यक्रम  सुभारामभा भएको हो। कार्यक्रमका प्रमुख  अतिथि गोजु रियो कराते डो.मिसन इन्टरनेशनल जापानका का ९ डानका ग्रन्ड मास्टर केन्सुले कराते खेेलका बारेमा जानकारी  गराएका थिए।

सेमिनारमा  ग्रन्ड मास्टर केन्सु र जापान गोजु रियो कराते डो. मिसन संघ,नेपालका प्रमुख के.बि.राना(काजि) का साथै कास्कीका प्रमुख देव राज सुनारले खेेलका केहि प्रक्रिया प्रस्तुत गरेका थिए।

पोखरा मा कार्यक्रम  २ दिन सम्मा  संंचालन  हुने भएको छ।बैशाख  २९र३०गते लुम्बिनीमा सेमिनार समापन्न  भएको र पोखरा  पछि काठमाडौ मा सेमिनार गरिने आयोजकले बताएको छ।

About janmabhumi