जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुल्मी अटो रिक्सा दुर्घटना : मृतकको संख्या दुई पुग्यो

जन्मभुमि खबर । गुल्मीमा अटो रिक्सा दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । शुक्रबार राति रेसुङ्गा नगरपालिका–१३ दुबिचौरमा लु१ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका–१२ छापा टोलका ३० वर्षीय चालक तेजबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै सोही दुर्घटनामा अन्य चार जना घाइते भएका थिए । जसमध्ये रेसुङ्गा नगरपालिका–२ का १८ वर्षीय सुरज बि.क.को पनि आज उपचारको क्रममा पाल्पा प्रभास अस्पतालमा मृत्यु भएको छ ।
गांैंडाकोटबाट तम्घासतर्फ जाँदै गरेको उक्त अटोरिक्सा अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते भएका ४ जनामध्ये २ जनालाई गुल्मी अस्पताल र अन्य दुई जनालाई थप उपचारको लागि पाल्पा पठाइएको थियो ।
घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।