जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुप्तेश्वर क्याम्पसको वार्षिकउत्सव सम्पन्न।

 

रमेश पोख्रेल ,माघ ७ पोखरा ।

पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको बाह्राेेेे वार्षिकउत्सव तथा अभिभावक दिवस आईतवार एक समारोहका विच सम्पन्न भएको छ । सो अवसरमा क्याम्पसमा भएका शैक्षिक तथा खेलकुद गतिविधीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा .डा भिमप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राष्ट्रिय सभाका माननीय सांसद वृन्दादेवि रानामगर र गण्डकी प्रदेशका माननीय सांसद कृष्ण थापाको विशीष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पसको स्थापना कालदेखि हालसम्मको अवस्थामा विशिष्ट योगदान पुयाउनु हुने सामाजिक ब्यक्तित्ववहरु खगराज शर्मा आचार्य ,तिलक प्रसाद आचार्य ,प्रा . डा. भुपती ढकाल कमल ,तिर्थराज अधिकारी ,भेषराज बराल ,योगनाथ ढकाल , इ . श्यामजि बास्तोला , लक्ष्मण थापा ,रबिलाल शर्मा ,रितुनाथ लम्साल ,तुलसी राम बराल,चिजकाजी गुरुङ ,लक्ष्मी पौडेल ,रामचन्द्र गुरुङ ,ऋषि राम बराल, यदु प्रसाद कडेल , टिकाराम पौडेल ,देबि बहादुर थापा ,राजेन्द्र प्रसाद आचार्य ,माधब बियोगी ,पदम बहादुर थापा ,स्वर्गीय शालिकराम पराजुली र लेखनाथ बराल ( गोपि ) लाई सम्मान समेत गरीएको थियो ।


सो अवसरमा गण्डकी प्रदेशका माननीय सांसद कृष्ण थापाले क्याम्पसको शैक्षिक एवं भौतिक विकासका लागि हरेक योजना पूरा गर्ने वचनवद्धता दिनुभएको थियो भने राष्ट्रिय सभाका माननीय वृन्दादेवि रानमगरले क्याम्पसको गुणस्तर वृद्धिमा आफुले सक्दो सहयात्रा गर्ने वचन वद्धता ब्यक्त गर्न भएको थियो । उक्त अवसरमा वडा नं १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, अभिभावकको तर्फबाट देवि बराल, छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी, सम्मानित व्यक्तित्वको तर्फबाट भेषराज बराल, विद्यार्थी प्रतिनिधी लेखनाथ बराल पूर्व अध्यक्ष तिलक प्रसाद आचार्य  ,नेपाली काङ्ग्रेस वार्ड  सभापति  देब राज  आचार्य  ,  नेकपा वार्ड अध्यक्ष १७का  सुबास ढुंगाना  र प्रा डा भूपति ढकाल र संस्थापक अध्यक्ष खगराज शर्मा आचार्यले शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथिले क्याम्पसले छोटो समयमा उल्लेख्य प्रगति गरेको र आगामी दिनहरुमा पनि क्यू ए ए प्राप्तका लागि आफ्ना योजनाहरुलाई शुक्ष्म रुपमा लागू गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले शैक्षीक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यक्रमको सभाध्क्षय संञ्चालक समिति अध्यक्ष प्रा. डा टंकराज अधिकारीले गर्नुभएको थियो । शिक्षक लेखनाथ बरालले सञ्चालन गरेको कार्यक्रममा  स्वागत  गुप्तेेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष बिष्णुु प्रसाद पौडेल र धन्यवाद ज्ञापन कोषाध्यक्ष ज्ञाज शर्मा वाग्लेले गर्नुभएको थियो ।