Home / स्वास्थ्य र जीवनशैली / गर्भवती महिलाको घरमा झण्डा गाड्दै वडा सरकार ।

गर्भवती महिलाको घरमा झण्डा गाड्दै वडा सरकार ।

पोखरा १० भदौ।

जेरो होम डेलिभरी वार्ड घोषणा गरिदै।
पोखरा महानगरपालिका २१जेरो होम बेलिभरी वार्ड घोषण गरिने भएको छ। यस वडाका महिला सुत्केरी हुनुभन्दा एक महिना पहिला निजको घरमा सन्केत स्वोरुप झन्डा राखिने भएको छ।

सबै सुत्केरी हुने आमाहरुलाइ अनिबार्य हस्पिटल ल्याउने व्यवस्था मिलाईने छ।
आर्थिक अबस्था कम्जोर भए नभएको बिषयमा टोल बिकास सस्थाको पुर्ण बैठकको निर्णय मागिने र गलत प्रमाणित भएमा टोल बिकास सस्थाको कार्यसमिती लाई हटाइ नया कार्य समिती बनाइने साथै आर्थिक अबस्था कमजोर परिवार भएमा सुत्केरी हुदा लागेको सम्पुर्ण खर्च वार्डले नै ब्यहोर्ने वडा अध्यक्ष खगराज आर्चाय बताएका छन्।
यस बिषयमा थप जानकारी लिन महिला स्वयम सेबिका हरुलाइ परिचालन गरिने भएको छ।
उनि भन्छन “आब ०७४/०७५ मा पाएको एक मुस्ठ रकम रु ३लाख २१ हजार रुपैया मुद्दती खातामा राखिएको छ र उक्त रकमको हुन आउने ब्याज रकम पनि उक्त कार्यमा लगाइने छ”।

About janmabhumi