जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेसमा आज थप ५ जना कोरोना संक्रमित

पोखरा ।
गण्डकी प्रदेसमा आज थप ५ जनामा कोरोना संक्रमित देखिएको छ। नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३३ र ३९ का २ जना पुरुष तथा सोहि जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २१ र ४० का २ जना पुरुष र वर्ष ६३ का १ जना महिलामाा कोरोना संक्रमणको पुष्टि भएको हो।

उनिहरूलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ।