जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा नयाँ थप २३ जनामा कोरोना पुष्टि

पोखरा ।
गण्डकी प्रदेशमा नयाँ थप २३ जनामा कोरोना पुष्टि भएको छ।यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६८१३ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना संक्रमितहरुको देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
संक्रमित हुनेमा स्याङ्जामा १२ जना,गोर्खामा २ जना,मुस्ताङमा १ जना , कास्कीमा ७ जना , तनहुँमा १ जना रहेका छन्।
हाल सम्म गण्डकी प्रदेशमा कोरोनाका कारण ६९ जनाको मृत्यु भएको छ।