जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा थप ३ जनाको कोरोनाका कारण मृत्यु

पोखरा ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । गण्डकी प्रदेशमा थप  ३ जना कोरोनाका कारण मृत्यु भएको छ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ०७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा दुखद निधन भएको छ ।कोभिड-१९ सहित उनमा न्यूमोनियाको समस्या रहेको उनलाई कात्तिक ०३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो उनलाई मिति असोज ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो

यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ०८ गते बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको हो।उनमा कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको उनमा कात्तिक ०६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई मिति कात्तिक ०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो

साथै कास्की जिल्ला, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको यहि कात्तिक ०८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको हो ।उनमा कोभिड-१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको उनमा कात्तिक ०७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।उनलाई कात्तिक ०७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मृतक सबै शबहरुको ब्यबस्थापन भैसकेको व्यहोरा समेत गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।