जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ७९२

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।तनहुँ मा २, बाग्लुङ मा १, स्याङ्जा मा १ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा २१ जना गरि थप नयाँ २५ जना कोरोना पुष्टि  भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा  नयाँ २५ जना संक्रमण देखिएको हो। सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।