जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, ३३०९ जना नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै थप ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ। नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२९२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा थप ३८४४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४४९७८ पुगेको छ।