जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना भाइरस संक्रमणबाट पोखरा १० का ७६ वर्षीय पुरुषको निधन

जन्मभुमि खबर ,पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ । पोखराको वडा नम्बर १० का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ४ बजेर ४० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४२ पुगेको छ ।