जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाको हटस्पट बन्दै पोखरा फेरि थपिए ४२ जना

जन्मभुमि खबर ,पोखरा । पोखरामा थप ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा न १ का ५ जना,वडा नं २ का ३ जना, वडा न ४ का २ जना, वडा न ५ का ३ जना, वडा न ७ का १ जना,वडा न ८ का १ जना, वडा १० का ६ जना, वडा न ११ का १ जना, वडा न १२ का ३ जना, वडा न १३ का २ जना, वडा न १४ का १ जना, वडा न १५ का २ जना, वडा न १७ का २ जना, वडा न १८ का ३ जना , वडा न २५ का १ जना, वडा न २६ का १ जना, वडा न २७ का ४ जना र वडा न ३३ का १ जना रहेका छन ।