जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

जन्मभुमि खबर,काठमाडौं । कृषि विकास बैंकमा अनाधिकृत रुपमा पहुँच पुर्‍याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घले छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको पाइएको छ ।

यसअघि घटनामा श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् । घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुनेछ ।