जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुविन्डे नाकामा सेनिटाइजर टनेल

स्याङ्गजा।

राष्ट्रिय युवा संघ नेपाल पुतलीबजार नगर कमिटी र फेदीखोला गाउँपालिका संगठन कमिटीको समंन्वयमा स्याङ्जा र कास्कीको सिमाना कुविन्डे भन्ज्याङ्ग नाकामा सेनिटाईजर टनेल स्थापना गरिएको छ। कुल ७०,००० को लागतमा तयार भएको सेनिटाईजर टनेल एक कार्यक्रमका बिच राष्ट्रिय युवा संघ नेपाल पुतलीबजार नगर कमिटीका अध्यक्ष अमृत नेपालीले फेदीखोला गाँउपालिका उपप्रमुख देवी थापाज्युलाई हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपमेयर महेश पुरी, फेदीखोला गाउपालिका वडा नं-१ अध्यक्ष खिम बहादुर क्षेत्री , नेकपाका नेता दिवाकर सुवेदी, युवा नेता भरत गोदार, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी स्याङ्जाका सदस्यहरु निरपल श्रेष्ठ, अशोक शर्मा, सुवास पौडेल लगायत फेदीखोला संगठन कमिटी संयोजक पुर्ण चन्द्र शर्मा, अर्जुन सुवेदीको उपस्थिति रहेको थियो।