जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुटो कोदालो लिएर बाटो मर्मत मा जुट्दै वडा अध्यक्ष ,वडा सदस्य ।

पोखरा ।                                                                              हातमा कुटो , साथमा जेसिबि र केही काम गर्ने कामदारका साथमा देखिन्छन पोखरा महानगरपालिका वडा नम्बर २१ अध्यक्ष खगराज आचार्य ,वडा सदस्य नन्दलाल अधिकारि , अम्बिका थापा लगाएतको टिम।    बिगत ६ दिन देखि पोखरा महानगरपालिका वडा नम्बर २१ का सडकमा भएका सडकका खाल्टा पुर्न , पहिरोले बाटो हिडन समस्या भएका ठाउँमा पहिरो पनछाउने र पिच बाटो को संरक्षण गर्ने काम बिहान देखि खटिएको देख्न सकिन्छ।बर्षका कारण हामिले जनाताले भने अनुसारको काम गर्न सकिएन अबकाे समय राम्रो हुने र पानी पर्न रोकिएकोले अब बाटोमा भएका खाल्टा खुल्टि पुर्ने काम र पिच बाटोको संरक्षण गरिएको वडा अध्यक्ष खगराज आचार्यले बताएका छन्।
सो कामका लागि वडा सदस्य ।नन्दलाल अधिकारिलाई जिम्मा लगाईएको छ।यस कामका लागि बडा बाट जेसिबि भाडामा लिएको वडा सदस्य नन्दलाल सुबेदिले जानकारी दिएका छन्।बाटो सफा गर्ने काम आज सम्मा ६ दिन गरिएको र अबको २ दिनमा वडा भित्रका सबै सडक सफा गरि यातायातका संचालनमा ल्याउने उनेले बताए ।