जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुखुराको भालेले एक प्रहरी अधिकारीको लियो ज्यान  

फिलिपिन्सको उत्तरी समर प्रान्तमा अवैध रूपमा गराइएको भालेजुधाइ रोक्नका लागि छापा मार्न गएका एक प्रहरी अधिकारीलाई कुुखुरोले मारेको छ ।
भालेको खुट्टामा राखिने गाफ भनिने तीखो बिलेड लागेपछि लेफ्टिनेन्ट क्रिस्टिन बोलोकको मृत्यु भएको हो ।
बिलेडले उनको देब्रे तिघ्रा काटेको थियो र त्यसक्रममा फेमोरल आर्टरी पनि काटियो । उनलाई तत्कालै अस्पताल लगियो तर त्यहाँ पुग्नुअगावै उनको मृत्यु भयो ।

कोरोना महामारीका बेलामा भालेजुधाइमा प्रतिबन्ध लगाइएको छ ।महामारीअघि भालेजुधाइ अनुमतिप्राप्त स्थानमा मात्र आइतवार र बिदाका दिनमा र बढीमा तीन दिनसम्म चल्ने स्थानीय पर्वहरूमा गराउन दिइन्थ्यो, सरकारी समाचार संस्था द फिलिपिन न्युज एजेन्सीले बतायो ।