जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुकुर पुजा गरिसकेपछि आजै धनधान्यकी देवी लक्ष्मीलाइ घर घरमा भित्र्याइँदै

जन्मभूमि खबर ,काठमाडौँ, २९ कार्त्तिक। आज धनधान्यकी देवी लक्ष्मीको पूजा साथै यमपञ्चकको दोस्रो दिन आजै कुकुर तिहार पनि परेको छ। आजको दिन लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदैछ । र इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदै छ । लक्ष्मी पूजाको कुरा गर्दा: यो पर्व हरेक कात्तिक कृष्ण औँसीको रातमा मनाउने परम्परा रही आएको छ । आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभकार्यमा अनिवार्य जस्तै केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।यो दिन फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ ।घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिष शास्त्रमा उल्लेख छ ।आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ ।यस्तै यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार पनि परेको छ। कुकुर तिहारमा इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ