जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की र बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु

पोखरा ।                                                                     कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।                                                                                      यस्तै  बाँकेमा गए  राति एक जनाको कोरोनरोनाबाट मृत्यु भएको छ।फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगंजमा   भर्ना भएका नेपालगंज उपमहानगरपालिका  वडा नम्बर ५ का ६२ बर्षिय पुरुष रहेका छन्। उनको  गए राति ११:४० बजे उपचारका क्रम्मा  मृत्यु भएको बाँँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठठले जानकारी दिएका छन्।