जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की माछापुच्छ्रेकी १८ वर्षीया ममता जंगलमा मृत भेटिइन्

जन्मभुमि खबर , पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका–८ बस्ने वर्ष १८ कि ममता गुरुङ् मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (पौष २७ गते) कसैलाई नसोधी घरबाट निस्केकोमा आज दिउँसो साढे १२ बजेको समयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

ममता माछापुच्छ्रे गाउँपालिकास्थित न्यास्रेको जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।