जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की जिल्लामा थपिए १० हजार मतदाता

जन्मभुमि खबर,पोखरा । आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी कास्की जिल्लामा पनि थालिएको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले मातादाता नामावली अध्यावधिक गर्ने, मतदानकेन्द्र र सहायक नाम दर्ता अधिकारी तोकेको छ ।

कास्कीमा यसपटक मतदाता संख्या बढेको छ । अद्यावधिक तथ्यांक अनुसार कास्कीमा ९ हजार ९४२ जना मतदाता बढेका हुन् ।

मतदातामा पुरुषभन्दा महिलाको संख्या बढी छ । महिला १ लाख ४० हजार ७६१ र पुरुष १ लाख २४ हजार ३१ गरी कूल मतदाता २ लाख ६५ हजार ३९६ छन् ।

कास्कीमा वि.सं. २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ५५ हजार ४५४ मतदाता मतदाता थिए ।

५ स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोधअघि १ लाख ९८ हजार ६६३, माछापुच्छ्रेमा १८ हजार ६५४, अन्नपूर्णमा १८ हजार ३४९, मादीमा १६ हजार ४८७ र रुपा गाउँपालिकामा १३ हजार २४३ मतदाता छन् ।

कार्यालयले निर्वाचन तयारीस्वरूप माघ १६, १७ र १८ गते जिल्लाका ५ वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

मतदाता नामावलीमा त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्यु भएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो हप्ता प्रकाशित गर्नेछ ।