जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ६० जनालाई कोरोना संक्रमण पुष्टि, थप १ जना वडा नम्बर ७ की कोरोना संक्रमित महिलाको मृत्यु

जन्मभुमि खबर,पोखरा । कास्कीमा थप ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र र स्वास्थ बिज्ञान प्रतिस्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका ५८ जना तथा कास्की कै रुपा गाउँपालिकाका २ जना सहित कास्कीमा थप ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गोरखामा ९ जना, स्याङ्जामा ११ जना, तनहुँमा ५ तथा पर्वतमा ८ जनालाई स्याङ्जामा २ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६ सय ५० पुगेको छ । यस्तै पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ७ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान साढे ७ बजेको समयमा निधन भएको हो । उनलाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको हो । यो सङै आज मात्र पोखरा महानगरपालिका का २ जनाको मृत्यु पुष्ठि भैसकेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४७ पुगेको छ ।