जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ४जना सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९

पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २० जनामा संक्रमण देखिएको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखिसकिएको छभने अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको व्यहोरा समेत अनुरोध छ ।