जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा भदौ २७ गते पछि सार्वजनिक यातायात सञ्चालन गर्न पाइने ।

पोखरा,
कास्कीमा भोलि भदौ२७ गते राति १२ बजेपछि सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा २७ भदौ  अर्थात्  भोलि  शनिबार राति १२ बजेदेखी सकिदैछ ।

सिसिएमसीको शुक्रबार बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको होे । सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क र बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्ने छ ।

भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने निर्णय वैठकले गरेको छ । सार्वजनिक यातायात विहान ६ बजेदेखी ८ बजेसम्म संचालन गर्न पाइनेछ ।

के गर्न पाइन्छ के पाइदैन?

मानिसहरु भेला हुन, भीडभाड गर्न , जुलुस निकाल्न, जात्रा , महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने ।

विद्यालय, क्याम्पस, सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्यूटिपार्लर, जीमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने ।

स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर निजी सवारीसाधन र जीप ट्याक्सी बिहान ६ देखि साँझ ८ बजेसम्म संचालन गर्न पाइने ।