जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा थप ७ जनामा कोरोना पुष्टि

 

जन्मभुमि खबर । पोखरा – सोमबार कास्कीमा  थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबार पहिलो अद्यावधिक विज्ञप्ति अनुसार कास्कीमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नखुलेको २४ र २५ वर्षीया महिला सहित ५१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कास्कीको रुपा गाउँपालिकाका वडा नखुलेका ६२, ६५ र ७२ वर्षका महिला सहित ६२ वर्षीय १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमित कूल संख्या १० हजार ४ सय ९७ पुगेको छ ।