जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा थप १२ जनालाई कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । कास्कीमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
माछापुच्छ्रे गाउँपालिकामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर २ मा ४४ वर्षीय १ जनाा महिला तथा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५२ वर्षीय १ जना पुरुष तथा ९ मा ५१ वर्षीय १ जना महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
११ नम्बर वडामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७ वर्षीय १ जना बालिका सहित ४६ वर्षीय २ जना तथा ६९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १५ मा २७ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर ३० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७, ४५ र ६३ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यता गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङमा १ जना, गोरखामा ७ जना, लमजुङमा ५ जना, तनहुँमा १ जना तथा स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ५ सय ८३ पुगेको छ ।