जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ८४ सहित गण्डकी प्रदेशमा ११२ कोरोना संक्रमित थपिए

पोखरा । कास्कीका ८४ जना सहित गण्डकी प्रदेशमा ११२ कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार दिउँसो कास्की सहित ५ वटा जिल्लाका ११२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ८४ जना, स्याङ्जाका ९ जना, बाग्लुङ र गोरखाका ७/७ जना तथा तनहुँका ५ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित मध्य पोखरा महानगरपालिकाका मात्रै ७६ जना रहेका छन् भने रुपा गाउँपालिकाका ३ जना र मादी गाउँपालिकाका ५ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का वडा नं. २६ वर्षीय पुरुष, वडा नं. ३ का २६ र ६६ वर्षीय पुरुष, वडा नं.४ का ५४ वर्षीय पुरुष तथा ३८ र ६५ वर्षीया महिला, वडा नं.५ का ५२, २८ र ३२ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं. ७ का ३५, ४८, ३०, ५८, ३२, २८–२८, २६ र ३६ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.८ का ३१ वर्षीय पुरुष तथा २३, ३८, २७ र ६३ वर्षीया महिला, वडा नं.९ का १७ र २७ वर्षीय पुरुष तथा ४० र ४३ वर्षीया महिला, वडा नं. १० का ३२, ४३, ६२, ३३, ३०, ४१ र ६८ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला वडा नं.११ का २४ वर्षीय पुरुष, वडा वडा नं.१२ का १८ र ३२ वर्षीय पुरुष तथा २ वर्षीया बालिका सहित २७, ३२ र ४० वर्षीया महिला, वडा नं.१३ का २१ वर्षीय पुरुष, वडा नं.१४ का २८ वर्षीय पुरुष, वडा नं.१५ का २८ वर्षीय पुरुष तथा ६४ र ३७ वर्षीया महिला, वडा नं.१६ का २१ र ४५ वर्षीय पुरुष तथा ४५, २४ र ६९ वर्षीया महिला, वडा नं.१७ का ३०, ३२–३२ र ४० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१८ का ४२ वर्षीय पुरुष, वडा नं.२३ का २४ वर्षीय पुरुष, वडा नं. २६ का ११ वर्षीय बालक सहित ५२ र ७० वर्षीय पुरुष, वडा नं.२७ का ३० वर्षीय पुरुष, वडा नं.३० का ३६ वर्षीया महिला, वडा नखुलेका ४३, ३१ र ६७ वर्षीय पुरुष तथा २२, २४, २६, ३० र ४६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रुपा गाउँपालिकाका ७०, ३४ र १६ वर्षीय पुरुष, मादी गाउँपालिकाका २९, २४ र ३० वर्षीय पुरुष तथा २१ र ४० वर्षीया महिलामा संक्रमण देखिएको छ।

यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ का ४० वर्षीय पुरुष, वडा नं.४ का ५५, ४३, ३३ र ५७ वर्षीय पुरुष तथा ७४ र ४० वर्षीया महिला, गोरखाको पालुङ्टारका ११ महिनाका बालक सहित २८ र २९ वर्षीय पुरुष तथा २७, २५, ४९ र २२ वर्षीया महिला, स्याङ्जाको भिरकोटका ५० वर्षीय पुरुष तथा ५१ वर्षीया महिला, वालिङका १४ वर्षीय बालक सहित २७, ३२, २९, २६ र ६२ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, तनहुँको शुक्लागण्डकी वडा नं. ४ का ४२ वर्षीय पुरुष, व्यास वडा नं. ६ का ६३ वर्षीया महिला, बन्दीपुर वडा नं.२ का ३३ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं. ५ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४६८ पुगेको छ ।