जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २१ जना सहित गण्डकीमा थपिए २५ जना कोरोना संक्रमित

जन्मभुमि खबर  कास्कीमा २१ सहित गण्डकी प्रदेशमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनु्सार संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं नखुलेका ३ पुरुष तथा १ महिला, मादी गाउँपालिकाका १ पुरुष तथा ३ महिला, पश्चिमाञ्चल कम्यूनिटी अस्पतालकी १ महिला, मिलिटरी अस्पतालका ४ पुरुष, ओम अस्पतालका २ महिला, हरियोखर्क अस्पतालका १ पुरुष, मणिपाल शिक्षण अस्पतालका २ पुरुष तथा १ महिला, चरक मेमोरियल अस्पतालका २ महिला, लमजुङ घरभई मणिपाल शिक्षण अस्पतामा उपचाररत १ पुरुष, तनहुँ जिल्ला घरभई पोखराको पश्चिमाञ्चल कम्यूनिटी अस्पतालमा उपचाररत १ पुरुष, तनहुँका चरक अस्पतालमा उपचाररत १ महिला, तनहुँका मणिपालमा उपचाररत १ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ५० पुगेको छ ।