जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पाँच जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा साँझ ५ बजे सुख्खा पहिरो खसेको हो।

सडक खन्ने क्रममा खसेको  सुख्खा पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।सडक निर्माणका क्रममा ७ जना मजदुरहरूले जालीमा ढुंगा भर्दै थिए। अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धार गरे पनि ५ जना पहिरोमा परेको तामाङले बताए। पूर्वी नवलपरासीको गैंडाकोटदेखी पाल्पाको राम्दीसम्म १ सय ३० किलोमिटर. सडक निर्माण हुँदैछ।  पहिरोमा परी मृत्यु हुने सबै बुलिङटार वडा नम्बर ४ का रहेका छन्। मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ।