जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंमा तिब्बती शरणार्थीद्वारा आत्महत्या

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित ब्रह्मखेलमा तिब्बतीयन शरणार्थीले आत्महत्या गरेका छन् । ३५ वर्षीय जाम्पा थाछेन आफैंले खुकुरीले घाँटी रेटेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर बाठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । मंगलबार ४ बजेतिर जाम्पा थाछेनलाई तरकारी लिन हिँडेका महिलाहरुले देखेका थिए । एकाएक आत्महत्या गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

घटनास्थलमा प्रहरी पुग्दा उनको ज्यान गैसकेको थियो । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसएसपी सिंहले बताए ।
बौद्ध बस्ने जाम्पाले बिहान साथीलाई फोन गरेर आफू ‘समस्यामा परेको’ भन्दै लिन बोलाएका थिए । ब्रह्मखेलमा उनले आत्महत्या गरेको घर उनको साथीको हो, जहाँ उनी बिहान गएका हुन् ।

जाम्पाको साथबाट प्रहरीले  शरणार्थीको परिचय पत्र फेला पारेको छ ।