जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंको फलफूल चोकमा ग्यास विष्फोट

काठमाडौं ।                                                                  काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ ।विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।                         ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी  रहेको प्रहरीले जनाएको छ।