जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कविता: बाढी पहिरोे

पोखरा ।

आषड २५ बाट भयो सरु बाढी पैरौ
देशलाई र जनतालाई भोट पर्याे गैरो ।
सबै भन्दा ठुलो क्ष्यति शिन्धुपाल्चोक जिल्ला
बाडी पैरो भुकम्पक को भयो लाल किल्ला ।

कति मरे घर परिवार कति हराई रा छन्
कतिको त घर बास नभै विहानै भा छन् ।
पुर्व हेर त घर मेचि अंचल पश्मि महाकाली
बाडी पैरो कुवानले कहि छैन खाली ।

उत्तर हेर हिमाल हरु दक्षिण हेर तराई
हामी एउटै परिवार हौ कोही छैनौ पराई ।
पुर्व ,पश्चिम ,उत्तर ,दक्षिण हामै्र दाजु भाई
आपत विपत पर्दा खेरी सयोग गरौ हई ।

प्राकृतिकले बनायो है हेर तहस नहस
कस्ले गर्न सक्छ अब यस्तो याहा बहस ।
त्यहि माथि कोरानाले देको छ है दुःख
जन्ताहरुलाई शान्तीले बस्न देन ढुक्क ।

कुन दिनमा कैले मर्ने थाहा छैन हामीलाई
जपि राखौ अब हाम्ले हरि , शिव ,रामलाई ।
यो धर्तिमा घुम्न आछौ हामी केहि दिन
तेरो मेरो त छाड म छाड गर्नु छ है कीन ,

जाने बुझे सबैले दिउ उपदेश
मानवमा हुन पर्ने यहि नै हो वेश
७७ साल शान्ती होला भन्ने थियो आशा
जन धन को यो सालमा भयो ठुलो नाशा ।

न आतिउ है लिउ हाम्ले शान्ती
हराई जाओश विश्वोमा अशान्ती ।