जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कविता, “कस्तो आयो कोरोना रोग पनि”

पोखरा ।

कस्ले नाम राख्यो होला कोरोना रोग भन्ने पनि
विश्वो मा कति जनता को ज्यान खायो अनि ।।

विश्वो भर मा धेरै को ज्यान खायो कोरोनाले पनि
०७६ साल पौष बाट रोग सुरु भयो अनि ।।

चाईनाबाट सुरु भयो विश्वो भरमै फैलियो
छिटै हराई जाला भन्दा झनै मौलाई गयो ।।

पैसाले बचाउछ भन्थे ठुला धनहाड्यहरुले पनि
कति मरे उद्योग पति, विज्ञ डकटर ,राष्ट्रपति अनि ।।

मरे विज्ञ डकटर,मन्त्री, राष्ट्रपति, उद्योग पति अनि
विश्वोलाई नै बनायो दुर गति अनि ।।

विश्वोलाई नै बनायो हेर तहस नहस पनि
रोग संग कस्ले गर्न सक्छ बहस फेरी अनि ।।

कस्तो दिनमा सुरु भयो चाइनाबाट रोग पनि
विश्वो कै जनताहरुमा पा¥यो सोक अनि ।।

कति मरे नेपालि दाजु भाई विदेशमा पनि
खाई न खाई धन कमाउथे उनिहरुले अनि ।।

लकडाउन सुरु भयो विश्वो संसारमा पनि
आवत जावत ठप्पै भयो नाका भन्सारहरु अनि ।।

मैनौ दिन लागेर पैदल गरे यात्राहरु पनि
कति लाई खान न पाई भोक मारी समस्य पा¥यो अनि ।।

औषाधीको अनुसन्धान गदै छन् विज्ञ डाक्टरहरु पनि
सक्दा रहेन्छन रोग संग लडन कोही पनि अनि ।।

लाखौ व्यक्तिको ज्यान खायो खरबौको धन पनि
विश्वोलाई नै हल्लाई दियो कोरोना रोगले अनि ।।

बाच र बचाउ भन्न थाले विश्वो राष्ट्रहरुले पनि
भोक मारी समस्य पर्ने गयो गरीब जनताहरु लाई अनि ।।

कैले सम्म रहने होला कोरोना रोग पनि
कसैलाई थाहा छैन कैले समाप्त हुने हो भनि ।।

सबै एक जुट हुन पर्छ विश्वो संसार पनि
छिटै पत्ता लाहोस कोरोना रोगको दबाई अनि ।।

लेखक ः डिल बहादुर खड्का
पोखरा महानगरपालिका २१ रामदी