जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दियो : ३ को मृत्यु, १ जना घाइते 

जन्मभुमि खबर / बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको  ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको  बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।