जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कर्मचारीलाई राहतः महंगी, पोशाक भत्ता र बीमा रकम बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले कर्मचारीहरुको तलब नबढाएर महंगी र पोशाक भत्ता बढाएको छ । महंगी भत्ता मासिक १ हजार र पोशाक भत्ता मासिक २ हजार ५ सय रुपैयाँले बढाएको हो ।

यसअघि मासिक एक हजार रुपैयाँ मासिक भत्ता र वार्षिक साढे ७ हजार रुपैयाँ पोशाक भत्ता सबै तहका कर्मचारीहरुले पाउने गर्दथे ।

पोशाक भत्ता निजामती सेवाका कर्मचारीहरुसँगै स्वास्थ्य सेवा र शिक्षकहरुले पनि पाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यसअघि कर्मचारी ट्रेड युनियनले तलब भत्ता बढाउन अर्थमन्त्रीलाई दबाव दिएका थिए । हरेक दुई-दुई वर्षमा कर्मचारीहरुको तलब समायोजन गर्ने कानुनी व्यवस्था छ । सरकारले पछिल्लो पटक २०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ .