जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कफ्यु जारी गर्ने तयारीमा पोखरा महानगरपालिका

पोखरा।

पोखरामा कोरोना संक्रमितहरू दिनँहु बढ्दै गएपछि पोखरा महानगरपालिकाले पोखरामा कफ्यु जारी गर्ने तयारी गरेको छ । पोखरा महानगरपालिका कोरोना रोकथाम, नियन्त्रण मुल समितिको सोमबार बिहान बस्ने बैठकले जिल्ला प्रशासन कार्यालय कास्कीलाई सिफारिस गर्ने तयारीमा रहेको छ ।

पहिलो चरणमा भदौ २ देखी ८ गते सम्म कफ्यु जारी गर्ने तयारी रहेको पोखरा महानगर स्रोतले बतायो । आइतबार मात्र ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कस्की जिल्लामा अहिले सम्म २ सय ३० जनामा कोरोना संक्रमण देखि सकेको छ ।

पोखरा महानगरपालिकाको ३३ वडा मध्य वडा नम्बर २० र २४ नम्बर वडाबाहेक  पोखराका ३१ वटै वडाका बासिन्दालाई कोरोना संक्रमण देखिएको छ ।

आइतबार पोखरा महानगरपालिकामा बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् ।