जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कथा “प्रदेशि जीवन”

रिमा पाण्डे।

एउटा परिवार थियो जसमा बुवा आमा दुई छोरा र एक छोरी थिए आर्थिक अबस्था कमजोर भएकालेे त्यो घर मा खान लाउन धौधौ परेको थियो घर को जेठो छोरा सुबास ले बल्लतल्ल मेलापात गरेर एस एल सि दिन्छ पढाई साथै उस्ले बाहिरी र घरको काममा पनि सघाएको हुन्छ प्रथम श्रेणीबाट एस एल सि उतिर्ण गरेर पनि उस्को पढ्ने धोको अधुरो हुन्छ नपढ्ने भनेपछी उसलाई बिदेश जान घरबाट सल्लाह दिनु हुन्छ असार साउन मा रोपाइ मा कहिले जोत्ने त कहिले आली लगाएर उस्ले केही पैसा जम्मा गर्छ भारत मा खासै कमाइ नहुने अरु देश जादा दलालले पैसा खाएर भाग्ने डर भएकोले सुबासले कोरिएन भासा सिकि कोरिया जाने निधो गर्छ र नभन्दै कोरिएन भासामा नाम पनि निस्कन्छ दिनहरू बित्दै जान्छन पर्सिको फ्लाइट भोलि काठमाडौ जाने निधो हुन्छ त्यो रात त्यो घरमा दुखी र खुशी दुबै हुन्छ सुबास ले बुवा अब हजुरले अरुको मेला गर्नु प्रदैन अरुको भारी बोक्नु प्रदैन आमा हजुर नि अरुको सामु हात फिजार्नु प्रदैन अरुको मेला जानू प्रदैन भाइ मैले त पढ्न पाइन तिमिले पढ्नु पर्छ अब हसिया होइन कलम समात्नु पर्छ नानी तिमिले पनि राम्रोसँग पढ्नु आमाको ख्याल गर्नु म गएको एक महिना मै पैसा पठाइदिन्छु भन्छ त्यो रात यत्तिकै कुरा गर्दै रुदा रुदा जान्छ अर्को दिन सुबास घर बाट निस्कन्छ मनभरी सबैको माया अनेकौं सपना बोकेर ।।

सुबास कोरिया पुग्छ उस्को काम एक्दमै गाह्रो हुन्छ तर बाध्य भएर काम गर्छ नभन्दैं एक महीना पुग्छ र तलब बुझेर घर पठाउछ घरमा के काम हो कस्तो छ भन्दा कम्पनी मा हो सामान प्याकिङ गर्ने हो भन्छ तर उसको काम खेतमा हुन्छ घाम पानी सन्चो बिसन्चो थकाइ नभनी काम गर्नुपर्ने हुन्छ एस्तै दुख गर्दै फेरि अर्को महिना पनि बित्छ र तलब बुझेर घर पठाउछ तर यता घरमा भने अब छोराले कमाउन लाग्यो कम्पनि मा काम गर्छ महिनाको लाखौ पठाउछ भनी अलि घमण्ड गर्न थाल्छन् अर्को महिनामा पुन तलब बुझेर छोरा ले घरमा फोन गर्छ बाबा म भोलि पैसा पठाउछु दोकान को रिन तिर्नु खान लाउन दुख नकाटनु यसरी दिन हरु बित्छन एक दिन बुबाले शुबास लाई फोन गर्नु हुन्छ बाबाको फोन आयो भनेर खुशी हुँदै बाबा भन्न नपाउदै बाबाले सुबास अहिले अलि छिटो पैसा पठाउन रिन तिर्नु छ साहु ले अत्ताएका छन भनेर फोन राख्नु हुन्छ सुबास ले बुबाको दुख अरुको मेलामा गएर काम गरेको सम्झी साथी सङ्ग सापती खोजेर घर पठाउछ खेतमा काम गर्दा सुबास का हात खुट्टा मा घाउ भएको हुन्छ घरमा रिन तिरेर सकिन्छ सुबास का भाइ बहिनी बोर्डिङ मा पढ्छन एक बर्ष पुग्छ सुबास ले घर आउने कुरा गर्छ बुवा ले अहिलै न आउ घर बनएर आउला भन्नू हुन्छ सुबास लाई सार्है दुख लाग्छ किनकि सुबास अब छोरा नभएर पैसा पठाउने साधन जस्तै भएको थियो आफुले एक पैसा पनि नराखी सब घर पठाउने यहाँ सम्म कि उस्ले बिदामा पनि घुम्न नगएर काम गर्छ उता भाइ सहरमा बस्छ र दाइलाइ अब बाइक् किन्दिन अनुरोध गर्छ अर्को महिना बोनस दिन्छ ओभर टाइम गरेर म बाइक किन्न,पैसा पठाउछु भन्छ र अर्को महिना पैसा पठाउछ धनी केटा खोजेर बहिनी को धुमधाम सङ्ग बिहे हुन्छ एता सुबास काममा लागिरहन्छ हात खुट्टा बाट रगतको धारा लाग्छ तर उस्ले घरमा भन्दैन मृत्यु सङ्ग खेलेर परिवार को लागी काम गर्छ अब घर बाट पैसा पठाउन वा कहिले पैसा पठाउछौ भनेर फोन गर्छन के छ कस्तो छ खाना खाएउ कि ओ आफ्नो ख्याल गर्नु भनेर कहिलै भन्दैनन गाउँमा सबैलाई मेरो छोराले एति कमाउछ भनी धाक लगाउछन महङ्गो लुगा लगाउने बढी खर्च गर्न थाल्दछन एक दिन सुबास ले बुबा लाई फोन गरेर अब घर आउछु बुवा बहिनी को पनि बिबाह भयो भाइ पनि राम्रो क्लेज पढेको छ रिन नि सकियो घर नि बन्यो भन्छ तर घरमा आज भोलिको जमानामा पनि एतिले हुदैन बैंक ब्यालेन्स चाहिन्छ भन्नू हुन्छ सुबास छागा बाट खसे जस्तो हुन्छ जुन घरमा खान लाउन धौ धौ थियो त्यो घरमा अब बैंक ब्यालेन्स रे! आफू लाई एक्लो अनुभव गर्छ आज सम्म अफ्नो प्रबाह नगरी दुख गरेर पनि परिवार आफ्नो नभएको सोचछ एक दिन अचानक हात बढी दुख्क्स सुन्निन्छ रगत पनि बग्छ हस्पिटल जान्छं चेक गर्दा हात नैकात्नु पर्ने हुन्छ सुबास भोलि आउछ भनेर त्यहा बाट निस्कन्छ मलाई कस्ले आफ्नो सोच्छन माया गर्छन हात बिना कसरि काम गर्ने मेरो कोहि रहेनछ भनी बीस पिएर यो सन्सार बाट बिदा हुन्छ यो खबर सुनेर घरमा सबैलाई पछुतो लाग्छ तर धेरै ढिलो भैसकेको हुन्छ सुबास घर आउन खोज्दा घर आउ भनेको भय उस्को पिडा बुझेको भए साएद आज सुबास जिउदो हुन्थ्यो पैसा ले परिवार लाई अन्धो बनायो बिदेस मा पैसाको रुख हुदैन त्यसैले हामी ले पनि एक पटक सोच्नै पर्छ हामी पनि ज्यान्मारा त बनेको छैनौ ?