जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एन्जल कोरियन स्कुलद्वारा अनलाइन कक्षा संचालन

रजित श्रेष्ठ ,पोखरा।         बैदेशिक रोजगारको लागि हामि सबै नेपालि हरु को आकर्षक गन्तब्य धेरै नेपालि को सपना को देश दक्षिण कोरिया बनेको छ। जसको कारण कम लागत मा कोरिया जान सक्नु र गुणस्तरीय सिपका साथ साथै आकर्षक मासिक तलब हो।

दक्षिण कोरियाले सन् २००८ देखी हाल सम्म इपिएस मार्फत ४०-५० हजार भन्दा धेरै नेपालि लाइ रोजगार दिएको छ। जसबाट नेपालको रेमिट्यान्स मा पनि बढी टेवा पुगेको छ |

दक्षिण कोरियामा जान को लागी भाषा परिक्षा पास हुनु पर्ने हुन्छ हरेक वर्ष परिक्षा गराई बिधार्थी छनोट गर्ने तर यो वर्ष भने विश्व भरि फैलिएको कोरोना भाइरसको कारणले गर्दा समय मा परिक्षा पनि नभएको र हरेक भाषा इन्सिच्युटहरुले सरकारको नियम पालना को लागि बन्द गरिएको अवस्थामा कोरियामा रहेर आफ्नो काम को साथ साथै TOPIC LEVEL 5 तयारि गर्दै आएका तोरण भण्डारीले भने भाषा पढ्न इच्छुक बिधार्थी लाई पढाइमा कुनै बाधा नहुनेगरी जुम मार्फत कक्षाहरु संचालनमा आएका छन्।

भण्डारीले सरल तरिकाले नियमबद्ध तरिकाले हरेक ब्याकरणको भिन्नता र परिक्षामा सजिलै छुट्याउन सक्ने तरिकाले पढाई र नयाँ टेस्ट बुक र मोडल प्रश्नको व्याख्या समेत गरि एड्भान्स कोर्ष पढाउदै आउनु भएको छ |

उहा संग प्रत्यक्ष अध्ययन गर्ने बिधार्थी करिव २३० जना भन्दा बढी भएकोले जुम मार्फत पढाई सुरु गरीएको छ। लामो समयदेखि युटुब बाट पढाएर नेपाल भरिरहेका भाषा प्रेमीलाइ सहयोग गर्ने मनासयले नेपालमा अनलाइन कक्षा युटुबमा सबै भन्दा बढी साथीले रुचाएको एन्जल कोरियन स्कुलले जनाएको छ।

अहिले सम्म ४० हजार बिधार्थीहरु जोडिएको र अहिल को अबस्थामा धेरै बिधार्थीले लाभ लिएका छन् | अहिलेको अबस्थामा आफु घरमा बसी सुरक्षित स्वास्थ्य सुरक्षा अपनाएर आफ्नो भाषा लाइ घर मा नै बसी एन्जल कोरियन स्कुल युटुब च्यानल र जुम क्लासबाट प्रशिक्षक भण्डारी बाट हरेक दिन ३-४ र ५-६ बजे क्लास भइरहेको जानकारी दिनु भएको छ । साथै नया परिमार्जित भएको कोरियन टेस्ट बुक र मोडल प्रश्न सङ्गह छिट्टै बजार मा आउँदै गरेको छ भनी जानकारी दिएका छन् । साथै कोरिया को ई पि इस परीक्षा कहिले हुने भन्ने निश्चित नभएको तथा जुन सुकै अवस्थामा तयारी साथ बस्नु परेकोले विद्यार्थी हरू को लागि सहजका लागि एन्जल कोरियन स्कूल युट्युब च्यानल https://www.youtube.com/channel/UCKtYVlPf_V1yB8Fc8pQXfKQ
बाट सिकाइ गर्न सकिने पनि बताएका छन् । आगामी दिनमा छिट्टै पोखरा मा रही एन्जल कोरियन स्कूल सुचारु गर्ने योजना पनि उनको छ।