Home / आर्थिक / एक दिने आधारभूत मौरि पालन तालिम समपन्न ।

एक दिने आधारभूत मौरि पालन तालिम समपन्न ।

पोखरा,३२जेठ।

एक दिने आधारभूत मौरि पालन तालिम समपन्न भएको छ।श्री मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा -२१ रामदी एकहातेको आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि वडा सदस्य राम बहादुर गुरूड़ले हिजोको समयमा वडा बाट यस क्षेत्रमा कमै हर्ने गरेको , योजना कम परेको र थोरै कार्यक्रम मात्र यो टोल र यस गाँउमा परेको हुदाँ अबका दिनमा आफुले त्यस्तो हुन नदिने बताएका थिए।कार्यक्रम्मा रामदी आधारभूत विद्यलयका भुपू विद्यार्थी मञ्चका अध्यक्ष बन्धुराज पौडेल , रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद पौडेले भनाई र मौरिपालक किसान रामप्रसाद पौडेलले आफ्ना अनुभव राखेका थिए।तालिममा मौरि घारमा कसरी काम गर्ने ,कसरी मह निकाल्ने भन्ने प्रयोगातमक काम गरेर देखाईएको थियो।

तालिमलाई सहकारीका कोषाध्यक्ष तथा आगुवा किसान समन बहादुर गुरूड़ले सहजिकरण गरेका थिए।कार्यक्रम संस्थाका अध्यक्ष क्या दिल बहादुर थापाको आध्यक्षता तथा संचालन सचिव हिमलाल पौडेलले गरेका थिए।

About janmabhumi